२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन : सन्चारमन्त्री


0
Shares

काठमाडौं, चैत ३ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना–प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभएको दाबी गरेका छन् ।

‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा आइतबार राजधानीमा संसदीय मामिला पत्रकार समाजले गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभइ डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याइएको जिकिर गरे ।

उनले विद्युतीय र इन्टरनेटको ‘साइबर बुलिङ’, साइबर अपराधलाई निरुसाहित गर्ने, विद्युतीय माध्यममा प्रयोग गर्ने अश्लीलता रोक्न विधेयक ल्याइएको बताए ।

डिजिटल नेपाल निर्माणमा पनि सूचना–प्रविधिको क्षेत्र एउटा मुख्य आर्थिक केन्द्र बन्नसक्ने भन्दै मन्त्री बाँस्कोटाले विश्वभरि नै दर्ता गरेर सामाजिक सन्जाल चलाउने र राज्यलाई कर तिर्ने व्यवस्था रहेको बताए ।