२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


निर्वाचनका बेला बोलेका सबै कुरा पूरा गरिन्छ : उपप्रम पोखरेल


0
Shares

सोलुखुम्बु, चैत ३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो पाँच वर्षको अवधिमा वृद्धभत्ता पाँच हजार बनाउने बताएका छन् ।

आइतबार सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाको केन्द्र मुक्लिमा ५० शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि सुरु भएको महायज्ञ तथा अस्पतालको शिलान्यास गर्नेक्रममा मन्त्री पोखरेलले निर्वाचनताका बोलेका सबै कुरा सरकारले पूरा गर्ने दाबी गरे ।

स्थानीयबाट २० करोड रुपैयाँ संकलन गरी विशेषज्ञसहितको सेवा दिनेगरी अस्पताल बनाउन लागिएको हो ।