Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


स्वास्थ्य मन्त्रालयअन्तर्गत् कति दरबन्दी छ मलाई नै थाहा छैन : मन्त्री गगन थापा


0
Shares

ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत् चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवं अन्य जनशक्तिको दरबन्दी संख्या र ती दरबन्दीमा को–कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी पाउन नसकिएको स्पस्ट गरे ।

उनले भने–‘मैले मन्त्री पद सम्हालेको पाँच महिना पूरा भइसकेको छ । आजका मितिसम्म मैले मन्त्रालयअन्तर्गत् कुन निकायमा कति दरबन्दी छ, ती दरबन्दीमा को–को काम गरिरहेका छन् जानकारी पाएको छैन ।’

आफूले दुई महिनाअगाडि सोलुखुम्बुको सोताङ प्राथमिकचौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले हाजिरी गरेको देखिएको बताउँदै भने–‘ती चिकित्सक (उहाँहरु) कहाँ हुनुहुन्छ भन्ने कुरा मैले जानकारी पाइनँ, मन्त्रालयमा बुझ्दा त एकजना तालिम शीर्षकमा तालिममा हुनुहुँदोरहेछ, एकजना को हुनुहुँदोरहेछ अझै अत्तोपत्तो छैन ।’

आफूले सेवा नदिने तर पद ओगटेर बस्ने कर्मचारीलाई कि काम कि पद छाड्न विकल्प दिइएको जानकारी उनले दिए ।

सो संस्थाले एक वर्षमा स्वास्थ्यकर्मीले ९६ दिनमात्र सेवा दिने गरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । रासस

Skip This