२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘आयात गरेर नभइ उत्पादन गरेरै विद्युत् आपूर्ति सहज बनाउँछौं’


0
Shares

उनले अबका दिन विद्युत्को माग बढाउनेतर्फ ध्यान दिइने पनि बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार महासंघ सचिवालयमा गरेको कार्यक्रममा मन्त्री शर्माले छिट्टै मुलुकमा धेरै विद्युत् उत्पादन हुने भन्दै ठूला उद्योग स्थापना गर्नेतर्फ लाग्न उद्योगी–व्यवसायीलाई आग्रहसमेत गरे ।

उनले आजैदेखि उद्योग विस्तारका लागि आवश्यक विद्युत्को माग गर्न पनि आग्रह गरे ।

१ वर्षपछि १ हजार मेगावाट विद्युत् चाहियो भनेर निजी क्षेत्रले माग गरे त्यसकोसमेत व्यवस्थापन गर्न सकिने उनले दाबी गरे ।

उनले स्वदेशमै उत्पादित विद्युत्को खपत कहाँ गर्ने भन्ने विषयमा चिन्ता नलिन उर्जाउद्यमीहरुलाई आग्रह पनि गरे ।

मन्त्री शर्माले विद्युत्मा लगानीका लागि सरकारसँग संस्थागत सहकार्य गर्न महासंघलाई आग्रह पनि गरे ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आधारभूत अवस्थामा नेपाल लोडसेडिङमुक्त भइसकेको भन्दै आयात गरेरमात्रै लोडसेडिङ नहटेको जिकिर गरे ।

उनले सुक्खायामको माग व्यवस्थापन गर्नमात्रै ३/४ महिनाका लागि विद्युत् आयात गरिएको बताए ।

विद्युत आयात गर्नसक्ने क्षमता ३ सय मेगावाटमात्रै रहेको भन्दै अब बढीमा ४० मेगावाट विद्युत् भारतबाट आयात हुने उनको भनाइ थियो ।

उनले पोखरा पनि लोडसेडिङमुक्त भएको बताए । पूर्वाञ्चलका प्रायः ठाउँमासमेत लोडसेडिङ नभएको उनले बताए ।

ऊर्जाउद्यमी ज्ञानेन्द्रलाल प्रधानले नेपालमा उत्पादित विद्युत् निर्यात गर्न खुला उर्जा व्यापार सम्झौता गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।