काठमाडौं । म्यान्चेस्टर सिटी, वुल्भरह्याम्पटन र वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अर्को दावेदार टोली म्यान्चेस्टर युनाईटेड भने क्वाटरफाईनलबाटै बाहिरिएको छ ।
गएराति भएको क्वाटरफाइनलमा स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफमा स्वान्सीले दुई गोल गरे पनि दोस्रो हाफमा म्यान्चेस्टर सिटीले ३ गोल फर्कायो ।
उसका लागि बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे । स्वान्सीकै क्रिष्टोफरले एक आत्माघाति गोल गरे ।
गएराति भएको अर्को खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै वाट्फोर्ड पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
उपाधि दावेदार टोली म्यान्चेस्टर युनाईटेड भने क्वाटरफाईनलबाटै बाहिरिएको छ ।
युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले हराएको हो ।
कठिन खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन राउल जिमिनेज र डिएगो योटाले एक एक गोल गरे ।
म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्डले ईन्जुरी समयमा एक गोल फर्काए ।
युनाइटेडलाई स्तब्ध बनाएको वुल्भरह्याम्टन २१ बर्षपछि एफ.ए कपको सेमिफाइनलमा पुगेको हो ।








प्रतिक्रिया दिनुहोस्