काठमाडौं । फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदानले स्पेनिस फुटबल क्लब रियाल मड्रिडमा सुखद पुनरागमन गरेका छन् ।
क्लब छाडेको १० महिनापछि रियाल मड्रिडको प्रशिक्षकमा फर्किएका जिदानले पहिलो खेलमै जित हात पारेका हुन् ।
मुख्य प्रशिक्षकको रुपमा दोस्रो पटक क्लबको जिम्मेवारीमा आएका जिदानको रियाल मड्रिडले गएराति सेल्टा भिगोलाई २–० ले पराजित गर्यो ।
घरेलु मैदानमा रियाललाई विजयी गराउन ईस्को र ग्यारेथ बेलले एक एक गोल गरे ।
यो जितपछि रियाल मड्रिड दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा दुई अंकले मात्रै पछि परेको छ ।
तेस्रो स्थानको रियालको ५४ अंक छ भने एथ्लेटिको मड्रिडको ५६ अंक छ ।
एक खेल कम खेलेको बार्सिलोना ६३ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।








प्रतिक्रिया दिनुहोस्