
धनकुटामा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार उद्घाटन गर्दै उनले ‘वित्तीय संस्था खोल्नु भनेको पैसा कमाउनका लागि नभइ सेवाका लागि हो भन्ने बुझ्नु जरुरी छ’–भने ।
जनताको निक्षेप दुरुपयोग गरेको पाइएमा राष्ट्र बैंकले नछाड्ने चेतावानी दिँदै गभर्नर नेपालले अझैपनि दुर्गम स्थानहरुमा वित्तीय संस्थाको पहुँच पुग्न नसकेको बताए ।
स्थानीय जनताको सीप, जाँगर र क्षमतालाई सदुपयोग गरी दुबैलाई आर्थिक गतिविधिमा टेवा पुर्याउन लघुवित्तको महत्वपूर्ण भूमिका हुने उनको कथन थियो ।
प्रतिक्रिया दिनुहोस्