इलाम, चैत २ । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै दाउफिन्स उपाधिनजिक पुगेको हो ।
दाउफिन्सका डिडेर टिनाले खेलको १६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा अहन्दा इशाले गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि दुवै टिमबाट कुनै गोल भएन र पुलिसको यात्रामा पूर्णविराम लाग्यो ।
खेलको ‘म्यान अफ दी म्याच’ क्यामरुनका टिना घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् आइतबार हुने दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लब र मेची नेत्रालय काँकडभिट्टाबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्