
सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) को आइतबार सम्पन्न छैठौं वार्षिक साधारणसभाका अवसरमा उक्त जानकारी गराइएको हो ।
आ.व. २०७१/७२ मा २२ करोड ४ लाख बराबर कित्ता शेयर अभौतिकरण भएका थिए भने आ.व. २०७२/७३ मा ९० करोड ७७ लाख बराबर कित्ता शेयर अभौतिकरण भएको जनाइएको हो । यो संख्या गत बर्षको तुलनामा झण्डै ४ हजार प्रतिशतले बृद्धि भएको सिडिएससीले जनाएको छ ।
धितोपत्रको अभौतिकीकरणका लागि कूल दर्ता कम्पनीहरुको संख्या २१३ पुगेको छ । यस अवधिसम्म कूल निक्षेप सदस्यहरुको संख्या ६० पुगेको पनि जनाइएको छ । धितोपत्र अभौतिकीकरण गरी कारोबार गर्नका लागि आ.व. २०७१/७२ मा ४० हजार ४ सय वटा हितग्राही खाता खोलिएका थिए भने यो संख्या आ.व. २०७२/७३ मा ७ सय ७० प्रतिशत बराबरलेले वृद्धि भई कूल ३ लाख ५१ हजार वटा हितग्राही खाता खोलिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्