२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


गणेशमान सिंहले उदघाटन गरेको विमानस्थल भर्खर निर्माण हुँदै


0
Shares

-शिवहरि भट्टराई, ईमेज

२०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले उद्घाटन गरेपनि विवारिसे बनाइएको विमानस्थलको निर्माण एक महिनायता भने तीब्र पारिएको हो ।

एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे बनाइने निर्माण कम्पनीका ईन्जिनियर मणिगोविन्द श्रेष्ठले जानकारी दिए ।

विमानस्थलको स्तरोन्नतिकालागि जिल्ला विकास समिति सप्तरीले छुट्याएको २ करोड बजेटबाट हवाई मैदान बार्ने काम पनि थालिएको छ ।

कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।

विमानस्थल स्तरोन्नतिपछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले बताए ।