२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


खलंगा बजार क्षेत्र भित्रका सबै सडक पक्की हुने, यस्तो छ तयारी(भिडियो)


0
Shares

-रुद्र गोपाल डाँगी, ईमेज

बजार क्षेत्रभित्रका सडक पक्की बनाउने काम नगरपालिकाले सुरु गरिसकेको छ । कच्ची सडकका कारण बजार क्षेत्र हिलाम्ये र फोहोर भएपछि मुसिकोट नगरपालिकाले सबै सडक ढलान गर्ने योजना बनाएको छ ।

त्यसका लागि नगरपालिकाले कामसमेत सुरु गरिसकेको छ । मुसिकोट नगरपालिकाको ५० प्रतिशत र स्थानीयको ५० प्रतिशत लगानीमा सडक ढलान गरेर पक्की बनाउन लागिएको हो ।

नगरपालिकाले ८७ लाख र स्थानीयले ८७ लाख रुपैयाँ लगानी गर्ने गरी काम शुरु भएको नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले बताए ।

एक करोड ७५ लाख रुपैयाँको लगानीमा करिब ४०० मिटर सडक पक्की हुने भएपछि यहाँका व्यापारी तथा स्थानीय खुशी भएका छन् ।

बजार क्षेत्रमा सडक पक्की भएपछि फोहोर हट्नुका साथै बजार क्षेत्र सफा हुने भएपछि अहिले सडक निर्माण गर्न स्थानीय सक्रिय भएका छन् । नगरपालिकालाई सक्दो सहयोग गर्ने स्थानीयले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।