
काठमाडौं, असार २२ । नेपालका लागि चिनियाँ राजदुत यु होंगले नेपाल–चीन सम्बन्ध ऐतिहासिक क्षणमा पुगेको बताएकी छन् ।
‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’को ‘फ्रेमवर्क’अन्तर्गत् हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने पनि उनले बताएकी छन् ।
शुक्रबार राजधानीमा नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले संयुक्तरुपमा आयोजना गरेको यससम्बन्धी छलफलमा उनले उक्त सुझाव दिएकी हुन् ।
हालैमात्र नेपालका प्रधानमन्त्रीको चीन भ्रमणकाक्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएको भन्दै उनले नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको बताएकी हुन् ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको बताए ।
उनले चिनियाँ लगानी प्रचुर मात्रामा वृद्धि हुन गएमा नेपालका लागिमात्र नभइ दुई देशबीच सहकार्यको माध्यमबाट नेपालमा उत्पादित वस्तुहरुको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्