
वायु प्रदूषणका कारण नेपालमा पनि वार्षिक हजारौं मानिसको मृत्यु हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वका २ हजार ९ सय ७३ ओटा सहरमा गरेको वायु प्रदूषणको मापदन्डमा नेपाल २६१ औं नम्बरमा परेको छ ।
राजधानी काठमाडौं धुलो र धूँवाले ढाकिएको छ । पछिल्लो समयमा पुनःनिर्माणको काम सुरु भएसँगै काठमाडौंको वायु प्रदूषण उच्चबिन्दूमा पुगेको छ ।
धुलो–धूँवा नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसक्दासमेत जोखिम उच्च हुँदै गएको हो ।
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अनुसन्धानअनुसार वायुमन्डलमा नाइट्रोजन अक्साइड ग्यास मापदन्डभन्दा ४० देखि ८० माइक्रोग्राम प्रतिघनमिटरका दरले बढ्दै गएको देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा काठमाडौंको वायु प्रदूषण ५ गुणाले बढी देखिएको छ ।
पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगबाट निस्कने धूँवा, आगो र कलकारखानाबाट निस्कने धूँवाका कारण काठमाडौंमा प्रदूषण बढ्दै गएको अनुसन्धानले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको अध्ययनले धुलो र धूँवाका कारण नेपालमा वार्षिक १० हजार मानिसको मुत्यु हुने गरेको देखाएको छ ।
त्यसैगरी, विश्व बैंकको अध्ययनले भने २२ हजारको मृत्यु हुने गरेको देखिएको छ ।
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर, मुटुरोग, दम–खोकी, श्वासप्रश्वाससम्बन्धी रोग र मष्तिस्कघात हुने गर्दछ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्