२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राष्ट्रको स्वाभिमान बचाइ राख्न प्रधानमन्त्री पदबाट राजीनामा दिएँ : ओली


0
Shares

                                                                                    फाइल फोटो
एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’को विहीबार राजधानीमा लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए ।

अध्यक्ष ओलीले भने–‘मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।’

ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलग–अलगरुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले ‘कम्युनिष्ट उग्र नभइ शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको’ दाबी गरे ।

अर्काे प्रसंगमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्नेक्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै ‘जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखन्ड हो’–भने ।

जन्मोत्सवसँगै पुस्तक विमोचन
नेता नेपालको ६४औं वर्ष दिनका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले ‘सूर्यअंकित केक’ काटेर नेपाललाई खुवाएका थिए ।

नेता नेपालको सो पुस्तक मुलुकका राजनीतिक विसंगतिमा केन्द्रित रहेको समालोचक डा. कुमारप्रसाद कोइराला र गीता त्रिपाठीले टिप्पणी गरे । रासस