
शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘नेपालमा बस्ने नेपालीलाई संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन’–भने ।
उनले सरकारले तत्काल स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने पनि बताए ।
स्थानीय तहको चुनाव नगराउने षड्यन्त्रसहित सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको खनालको भनाइ थियो ।
सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्