
दुर्घटना न्यूनीकरण र समय व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी नयाँ–नयाँ उपाय त खोजिरहेको छ तर, चुनौती पनि उत्तिकै थपिँदो छ ।
बढ्दो सहरीकरणसँगै भित्र्याइएका सवारी–साधन अनि त्यसले निम्त्याएको ट्राफिक जाम । काठमाडौंको अस्तव्यस्त ट्राफिक व्यवस्थाको मारमा नपर्ने को होला ? अझ सवारी–साधन चलाउने अधिकांशलाई हतारै हुन्छ, कसैसँग कुर्ने धैर्य छैन ।
त्यसैले त अरुलाई उछिन्दा होस् या भीडभाडकाबीचमा गन्तव्यमा पुग्न हतारिने हुन्, सडक साझा हो भन्ने ख्याल कोही गर्दैन । जथाभावी सवारी–साधन हाँक्नेहरु ठान्छन् कि बाटो उनैका लागिमात्र बनाइदिइएको हो । न कुनै ट्राफिक नियम पालना न त ट्राफिक व्यवस्थापनमै ध्यान ।
यसको मारमा परेको हुन्छ, ट्राफिक व्यवस्थापनको जिम्मा लिएको ट्राफिक प्रहरी र छिटो गन्तव्यमा पुग्न विवश उपभोक्ता ।
सवारी दुर्घटना न्यूनीकरण र अस्तव्यस्त सडक जाम खुलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न अभियान र प्रविधि त भित्र्याउँछ तर, त्यो पनि प्रभावकारी हुन सकिरहेको छैन ।
यहीक्रममा ट्राफिक व्यवस्थापन चुस्त गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरीले ड्रोन क्यामेरा भित्र्याएको छ ।
जसलाई विपद्को समय, कुनै सभा–समारोह, अन्तर्राष्ट्रिय सम्मेलनजस्ता अवसरमा र अत्यधिक भीडभाड हुँदा ट्राफिक व्यवस्थापन गर्न प्रयोगमा ल्याइने छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्