
फाइल फोटो
नेपाल लघु जलविद्युत् विकास संस्थाको २४औं वार्षिक साधारणसभामा मन्त्री जोशीले ‘लघुजलविद्युत् उत्पादन दिगो वातावरणमैत्रीरुपमा गर्न सरकार प्रतिबद्ध छ’–भने ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले मुलुकमा उद्यमशीलताको विकास गरी राजस्वप्राप्ति र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद धितालले लघुजलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम व्यवसायमैत्री भएमा लघुजलविद्युत् उत्पादनमा वृद्धि आउने विश्वास व्यक्त गरे ।
मुलुकका पहाडी एवं हिमाली भेगका दुर्गम ठाउँमा बसोबास गर्दै आएका जनताका लागि विद्युत् सुविधा उपलब्ध गराउन लघुजलविद्युत् आयोजनाका लागि आवश्यक यन्त्र–उपकरण स्वदेशमा नै उत्पादन हुने गरेको बताइएको छ ।
देशका विभिन्न स्थानमा साना–ठूला गरी करिब तीन हजार तीन सय लघुजलविद्युत् आयोजना स्थापित छन् ।
कार्यक्रममा ऊर्जाविद् सुरेन्द्रभक्त माथेमा र विश्वभूषण अमात्यलाई सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्