२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विशिष्ट व्यक्तिहरुले दिए माघी पर्वको शुभकामना, कसले के भने ?


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेकी छिन् ।

तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडीलगायत परिकार खाई मनाइने यस पर्वले नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने उनले उल्लेख गरेकी छिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवं नेपालीको महत्वपूर्ण चाड माघे संक्रान्तिका÷माघी पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यस अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत नेताले पनि शुभकामना दिएका छन् ।