२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रधानमन्त्री विशेष बक्ताका रुपमा आज युएई जाने


0
Shares

वल्र्ड फ्युचर इनर्जी समिटको विशेष वक्ता बनेर उनी १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्यलगायत रहने छन् ।

प्रधानमन्त्रीले समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवं भावी परिदृश्यबारे सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री दाहालले युएईका राष्ट्रप्रमुख, सरकार प्रमुख एवं उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवं भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवं उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ ।