
सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा शनिबारदेखि सुरु भएको सिक्लेस माघे संक्रान्ति मेलाको शुभारम्भ गर्दै उनले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
तीनओटै तहको निर्वाचन गर्न मधेसी मोर्चालगायत असन्तुष्ट जनजातिका मागलाई सम्बोधन गर्न संविधान संशोधन जरुरी रहेको र व्यवस्थापिका–संसदमा टेबुल भइसकेको संविधान संशोधन प्रस्ताव पास गर्न सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको उनको भनाइ थियो ।
सभापति देउवाले पर्यटकीय क्षेत्र सिक्लेसको विकासमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङलगायतका वक्ताले बोलेका थिए ।
सभापति देउवाले शनिबारै सो ठाउँमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय र संग्रहालयको निरीक्षणसमेत गरेका थिए ।
चार दिनसम्म चल्ने सो मेलामा भलिबल, बास्केटबल, छेलो फाल्ने प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । रासस
प्रतिक्रिया दिनुहोस्