Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक : रावल


0
Shares

                                                                                                फाइल फोटो
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाद्वारा आयोजित संविधानको कार्यान्वयनमा जनपरिचालन अभियानलाई शनिबार वालिङमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको संघीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको बताए ।

‘संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने कुरा आफैंमा प्रस्ट छैन’–उनले भने–‘संविधान संशोधन प्रस्ताव नेपालको राष्ट्रिय हितमा नभइ बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौं ।’

सरकारले अहिले संविधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तय गर्नुपर्नेबेलामा उदासीनता देखाएर संविधान संशोधनको प्रस्ताव गरेर बेमौसमको बाजा बजाएको नेता रावलको भनाइ थियो ।

‘नेपाली कांग्रेसले माओवादी केन्द्रलाई साथमा लिइ संविधान संशोधनको कुरा उठाएर देशमाथि घात गरेको छ’–उनले भने । रासस