काठमाडौं, फागुन ३० । नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार समूह ‘ए’को खेलमा भुटानले लगातार दोस्रो हार व्यहोरेसँगै नेपालले एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो ।
नेपालले भुटानलाई मंगलबार ३–० ले हराएको थियो । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको हो ।
मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको बंगलादेशका लागि ४७औं मिनेटमा मिश्रात जहान मौसमी र ८५औं मिनेटमा सबिना खातुनले गोल गरिन् ।
यो जितसँगै तीन टिम सहभागी समूहबाट बंगलादेशपनि सेमिफाइनलमा पुगेको छ । भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
अर्को समूहको खेलमा बुधबार भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो ।
प्रतियोगिताअन्तर्गत् शुक्रबारको खेलमा माल्दिभ्सले श्रीलंकासित खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्