Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


लेखा समितिले दियो एनसेलबाट कर उठाउन तीन महिनाको समय


13
Shares

आइतबार बसेको समितिको बैठकले करछली सम्बन्धि विषयमा छानविन गर्न मन्त्रालयलाई तीन महिनाको समय दिएको हो ।

बैठकमा सांसद्हरुले अर्थ मन्त्रालय र कर कार्यालयका अधिकारीसँग एनसेल किनबेचका क्रममा छली भएको कर अहिलेसम्म उठाउन नसक्नुको कारण मागेका थिए ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्माले अध्ययनका लागि तीन महिनाको समय मागेका थिए । अधिकारीहरुले एनसेलको विषयमा जतिसक्दो छिटो निर्णय सार्वजनिक गर्ने बताएका छन् ।

एनसेल टेलियासोनेरा कम्पनीले आजियाटालाई बेच्दा २३ अर्ब रुपैयाँ कर छली गरेको आरोप लागेको छ ।