
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले पहिला चुनावको मिति घोषणा गरेमा ऐन, कानुन पास गर्न एमालेले पूर्ण सहयोग गर्ने बताए ।
उनले मधेसी मोर्चाको तराई र पहाड दुई राष्ट्रको मान्यता र सरकारी कामकाजको भाषा हिन्दीको माग कुनैपनि हालतमा मान्य हुन नहुने भन्दै हठ त्यागेर निर्वाचनमा लाग्न मधेसी मोर्चालाई आग्रह पनि गरे ।
कार्यक्रममा मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमतिको पालना नगरी र संविधान संशोधन नगरी कुनैपनि हालतमा निर्वाचन नेहुन जिकिर गरे ।
यस्तै, नेपाली कांग्रेसका नेता एनपी साउदले असन्तुष्ट दलहरुलाई पनि मिलाएर निर्वाचनमा लानुपर्ने धारणा राखे भने स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार निर्वाचनको लागि वातावरण बनाउन लागिपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्