२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश नम्बर–६ मा खनिज पदार्थ र जडीबुटीको प्रचुर सम्भावना : उद्योगमन्त्री


0
Shares

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा बहूमुल्य रत्नपत्थर प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री जोशीले खानी तथा खनिज पदार्थसम्बन्धी नयाँ नीतिले लाइसेन्स ‘होल्ड ’गरेर राख्ने प्रवृत्तिलाई कडाइ गर्ने बताए ।

उनले नयाँ नीतिमा लाइसेन्सको समयावधि कम गर्ने, तोकिएको अवधिमा काम नगरे कारबाही गर्नेजस्ता प्रावधान राख्न लागिएको जानकारी दिए ।

प्रदेश नम्बर–६ मा खनिज पदार्थ र जडीबुटीको प्रचुर सम्भावना भएकाले सरकारले यस क्षेत्रलाई जडीबुटी प्रशोधनको ‘हब’कोरुपमा विकास गर्न लागेको उनले बताए ।

मन्त्री जोशीले वीरेन्द्रनगर–८ स्थित दुई करोड रुपैयाँको लागतमा बन्न लागेको जडीबुटी संकलन केन्द्र भवनको शिलान्याससमेत गरे ।