२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अबको चुनावमा सबै दल मिले पनि एमाले अगाडि हुन्छ : बामदेव


0
Shares

अनेरास्ववियुद्वारा मंगलबारदेखि सन्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताए ।

संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उनको आरोप थियो ।

उनले भने–‘तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखन्डन हुने कुनैपनि विधेयक पारित गराउन दिने छैनौं ।’

कार्यक्रममा शिक्षाविद् डा. मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिस्कार गर्नुपर्ने धारणा राखे ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले किताबमा लेखिएका कुराभन्दा व्यावहारिक कुरा सिकाउनुपर्नेमा जोड दिए ।

शिक्षा मन्त्रालयका उपसचिव शिवप्रसाद उप्रेतीले सरकारको प्रयासलेमात्र शिक्षामा गुणस्तर ल्याउन नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तीन महिने अभियान सन्चालन गरिएको बताइन् ।

अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष गौतमले अखिलका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई झोला वितरण गरेका थिए ।

अभियानकाक्रममा अभियन्ताहरुले प्रत्येक सरकारी क्याम्पस र विद्यालयमा पुगी शिक्षाको वस्तुस्थितिकाबारेमा अध्ययन गर्ने गुणस्तरीय शिक्षा दिन पहल गर्ने बताइएको छ । रासस