Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रधानमन्त्री स्वदेश फिर्ता, भने–‘निर्वाचनको मिति छिट्टै घोषणा’


0
Shares

संयुक्त अरब इमाइरेट्स (युएई)को तीनदिने भ्रमणपछि मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै संसदबाट निर्वाचनसम्बन्धी विधेयकहरु पारित गरेलगत्तै सहमति कायम गरी निर्विाचनको मिति घोषणा गर्ने बताए ।

सन् २००३ देखि युएईको जेलमा रहेका अमरबहादुर बमको रिहाइका लागिसमेत आफूले भ्रमणकाक्रममा पहल गरेको उनले बताए ।

दशौं विश्व ऊर्जा सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न त्यहाँका व्यापारीहरुलाई आग्रह गरेका थिए ।