
यसदिन नेप्से ३ अंकले झरेर १४ सय ६३ बिन्दूमा आइपुग्यो । सोमबार ११ अंकले झरेको थियो ।
यसदिन होटल, विकास बैंक र उत्पादनमूलक समूहमा सुधार आयो भने अरु कारोबार भएको सबै समूहमा गिरावट आयो ।
बीमा समूह २२ अंकले झर्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ४ अंकको गिरावट आयो । जलविद्युत् समूहमा साढे ४ अंकको गिरावट आयो भने अन्य समूह साढे २ अंकले ऋणात्मक रह्यो ।
यसदिन १ सय ३० कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर ३४ करोड २५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्