३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


अदालतद्वारा ‘अयोग्य’ ठहरिएका लोकमानद्वारा रातो पासपोर्ट फिर्ता


0
Shares

कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् ।

राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गरेका हुन् ।

कार्कीका सहयोगीले गत बिहीबार कार्की पत्नी सुनिताको समेत रातो पासपोर्ट फिर्ता गरेका छन् । सुनिताको रातो पासपोर्ट भने कार्कीको पासपोर्ट जारी भएको करिब १ वर्षपछि विभागले उपलब्ध गराएको थियो । –नेपाल समाचारपत्र दैनिकबाट