
प्रधानमन्त्री दाहालले समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्री बनाउन लागेका हुन् ।
सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ण मन्त्री नियुक्त गरिनेछ ।
४१ सदस्यीय दाहाल सरकार यो विस्तारसँगै ४३ सदस्यीय हुनेछ । सरकार गठनको पाँचमहिना पुग्नै लाग्दा उनले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा लैजाने र राप्रपाका मन्त्री थप गर्ने तयारी गरेपनि दुबै दलले तत्काल सरकारमा मन्त्री नपठाउने भएपछि प्रधानमन्त्रीले साना दलका तर्फबाट सिंह र खड्कालाई मन्त्री बनाउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्