
चार वर्षे कार्यकाल सकाएर स्वदेश फर्कन लागेका राजदूत अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेशियाबीचको सम्बन्ध थप सुमधुर भएको स्मरण गरे ।
उनले भूकम्पको समयमा इण्डोनशियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै राजदूत र इण्डोनेशिया सरकारलाई धन्यवाद दिएका थिए ।
प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेशियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा राखेका थिए ।
त्यस क्रममा राजदूत अत्मड्जाले पनि नेपाल सरकारले आफूलाई गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।
राजदूतले नेपाललाई निःशुल्क र अन्अराएवल भिसाको व्यवस्था गरिएको जानकारी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्