
दूतावासले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी माघ १३ र १४ गते राजधानीमा उत्तर प्रदेश महोत्सवको आयोजन गर्ने जानकारी दिएको हो ।
माघ १३ गते आयोजना हुने महोत्सवको उद्घाटन समारोहमा उत्तर प्रदेशको ख्यातीप्राप्त शेहनाई समूहको प्रस्तुति रहने बताइएको छ ।
सोही दिन होटेल सोल्टी र अन्नपूर्णमा उत्तर प्रदेशको खाना महोत्सव पनि आयोजना गरिने छ ।
यस्तै, सोही दिन सोल्टी होटलमै उत्तर प्रदेश टेक्सटाइल तथा हस्तकला प्रदर्शनीको पनि आयोजना हुने बताइएको छ । प्रदर्शनी चार दिनसम्म चल्नेछ ।
माघ १४ गते भने सोल्टी होटलमा सीमापार पर्यटन र अन्नपूर्ण होटलमा सीमापार व्यापार विषयक सम्मेलनको आयोजना गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्