१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फागुन १४ को स्ववियू निर्बाचन कुनै वहानामा स्थगित नहोसः विद्यार्थी नेता


0
Shares

काठमाडौंमा शनिबार गरिएको कार्यक्रममका युवा तथा विद्यार्थी नेताहरुले राष्ट्र बनाउने ठूलो जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको भन्दै अबको राजनीति विकास र प्रगतितर्फ उन्मुख हुनुपर्ने बताए ।

राजनीतिले सही बाटो लिन नसक्दा मुलुक गहिरो संकटमा फस्दै गएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय खेलकुद तथा विद्यार्थी कल्याणकारी शाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाले निष्पक्ष र धाँधलीलसहित वातावरणमा स्ववियुको चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए ।

उनले क्याम्पस तथा विश्वविद्यालयलाई राजनीति गर्ने थलोभन्दा पनि शैक्षिक उपलब्धी हाँसिल गर्ने ठाउँको रुपमा विकास गर्न विद्यार्थी संगठनलाई सुझाव दिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचन गराउन विश्वविद्यालय गम्भीर हुनुपर्ने भन्दै निर्वाचनलाई आफूहरुले शैक्षिक क्षेत्रको विकास गर्ने अवसरका रुपमा सदुपयोग गर्ने बताए ।

अनेरास्ववियुकी नेतृ रामकुमारी झाँक्रीले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन निर्धारित मितिमै सम्पन्न गरी सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका गंगा तिमल्सिना, तराई मधेस विद्यार्थी फ्रन्टका मनिष यादवलगायतले विद्यार्थी संगठन आपसमा लडेर होइन एकताबद्ध भएर अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।