राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान भएको भेटवार्तामा समसामयीक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई स्थानीय चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराएका हुन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख चार दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्