कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता आज सुरु भएको छ ।
आजदेखि क्रिकेट र फुटवलका खेल सुरु भएको आयोजक सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले जानकारी दिए ।
क्रिकेट धनगढीस्थित फाप्ला मैदानमा हुने छ भने फुटवलका क्षेत्रिय रंगशालामा हुने छ ।
प्रतियोगिताको उद्घाटन भने चैत १ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा समावेश चार वटा खेलमा सातै प्रदेशबाट ५ सय ४६ जना खेलाडीले भाग लिँदै छन् ।
प्रतियोगितामा फुटवलमा पुरुष मात्रै र भलिबल, क्रिकेट तथा ब्याडमिन्टन खेलमा पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
ब्याडमिन्टनमा १९ वर्ष मुनि र १७ बर्ष मुनिका खेलाडीले मात्रै प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले पदक, प्रमाणपत्रसँगै नगद १० हजारसमेत प्राप्त गर्ने छन् भने सर्वाधिक स्वर्ण पदकका साथ प्रथम, द्वितीय र तृतीय हुने प्रदेशलाई ट्रफीसहित नगद १५ लाख, ८ लाख र ५ लाख पुरस्कार प्रदान गरिने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्