साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ अंकले घटेर अन्तिम दिन १४ सय ६२ अंकमा आइपुग्यो । गत साता नेप्से ३२ अंकले बढेको थियो । अघिकांश समूहमा गिरावट आएसँगै साताको नेप्सेमा गिरावट आएको हो ।
यो साता वाणिज्य बैंक, वित्त, जलविद्युत्, बीमा, उत्पादनमूलक र अन्य समूहमा गिरावट आयो । विकास बैंक, होटल र व्यापार समूहमा भने सामान्य सुधार आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीको एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरका एक करोड १३ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ४८ कम्पनीको एक अर्ब ७३ करोड ७९ लाख रुपैयाँ बराबरका एक करोड ३३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब ७ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक, कारोबार भएको सेयर संख्याको आधारमा नबिल व्यालेन्स फन्ड १ र कारोबार संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा प्रभु बैंक संस्थापकलाई स्ट्यान्डर्ड चार्टरर्ड बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्