शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको नेताहरुले बताएका छन् ।
निर्वाचनको विषयमा सबै दलबीच साझा धारणा बनाउन छलफललाई तीव्रता दिइने नेताहरुको भनाइ छ ।
एक वर्षभित्र तीन तहको निर्वाचन हुन नसके संवैधानिक र राजनीतिक संकट उत्पन्न हुनसक्नेतर्फ सबै सचेत बनेको नेताहरुको भनाइ छ ।
शनिबारको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन प्रस्तावको पक्षमा उभिएर निर्वाचनको वातारण बनाउनका लागि सहयोगी भूमिका खेल्न एमालेलाई आग्रह गरेका थिए ।
तर, एमालेले संशोधन प्रस्तावलाई थाती राखेर निर्वाचनको मिति घोषणा गर्न माग गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्