संघले आइतबार पत्रकार सम्मेलन गरी सेवा शुल्कको नाममा नेपाली होटल रेष्टुराको बिल १० प्रतिशतले महङ्गो भएको भन्दै हटाउन माग गरेको हो । १० प्रतिशत सेवा शुल्कका अतिरिक्त १३ प्रतिशत मूल्य अभिबृद्धि करले गर्दा ग्राहकमा आर्थिक भार परेको संघले जनाएको छ ।
संघका अध्यक्ष अमरमान शाक्यले १० प्रतिशत सेवा शुल्कका कारण व्यवस्थापन र कामदारबीच यसअघि रहेको सौहार्द्रपूर्ण वातावरणमा समेत ठेस लागेको बताए ।
सेवा शुल्क सम्झौतामा ३/३ वर्षमा सामूहिक सौदाबाजीको व्यवस्थाका साथै सेवा शुल्क उठाउने भए तलब भत्ता नबढाउने शर्त ट्रेड युनियनहरुले स्वीकारे पनि हाल सेवा शुल्कका लागि दबाब दिएको संघको भनाइ छ ।
ग्राहकबाट उठाइने १० प्रतिशत सेवा शुल्कमध्ये ६८ प्रतिशत कामदार र ३२ प्रतिशत व्यवस्थापनले लिदैं आएका छन् ।
कामदारले १० प्रतिशत पूरै आफूहरुले पाउनुपर्ने माग गरेपछि होटल व्यवस्थापन र कामदारबीच मतान्तर चलिरहेको छ । संघले हालको ६८ र ३२ प्रतिशत कायम राखेको अवस्थामा भने १० प्रतिशत सेवा शुल्क हटाउनु नपर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्