१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


२० वर्ष पुराना गाडी सडकमा देखिएमा जफत गर्ने तयारी


0
Shares

त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ ।

यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ ।

विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन ।

यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ ।

उपत्यका बाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ । –नागरिक दैनिकबाट