Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


भूकम्प प्रतिरोधी घर बनाउन तालिम दिइने, तालिमपछिमात्र घर बनाउन आग्रह (भिडियो)


0
Shares

पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म घर बनाउन शुरु नगरेको भए अब एक/डेढ महिनासम्म निर्माणको काम नथाल्नसमेत आग्रह गरेको छ ।

भूकम्पपछि बनेका झन्डै पचास प्रतिशत घर भूकम्प प्रतिरोधी नभएको दातृ संस्थाको प्रतिवेदन आएपछि प्राधिकरणले गाउँमै पुगेर घर निर्माणको तालिम दिने भएको छ । तालिमपछि मात्र घर बनाउन प्राधिकरणले आग्रह गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले नयाँ घर बनाउन चाहनेहरुलाई एक महिनासम्म पर्खन आग्रह गरे । उनले बनाइसकेका घरहरुलाई पनि भूकम्प प्रतिरोधी बनाउन थप इन्जिनियर खटाउन लागिएको जानकारी दिए ।

माघ महिनाभित्रै जनताले अनुभूति गर्ने गरी पुनर्निर्माणको काम अघि बढाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्