शहीद शुक्रराज शास्त्रीको सम्झनामा सोमबार ललितपुरमा गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले तीन तहको निर्वाचन गर्न सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने बताए । उनले आगामी वर्षको माघ ८ गतेभित्रै तीनवटै निर्वाचन सम्पन गर्न दलहरु एकजुट हुनुको विकल्प नभएको बताए ।
पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयन नभएमा देश गम्भीर दुर्घटनामा पर्ने भएकाले सचेत रहन पनि दलहरुलाई आग्रह गरे । उनले शहीदहरुको योगदानको कदर गर्दै संविधान कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्