सोमबार पोखरामा प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा नेता नेपालले सत्तापक्षकै सांसदका साथै एमालेसहितको एक तिहाइ मत विपक्षमा रहेकाले संशोधन पारित हुन नसक्ने दाबी गरे ।
राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीनओटै तहकै निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै उनले छिटो चुनावको मिति तोक्न सरकारसँग माग गरे ।
सोमबारै पोखरामा अर्का एमाले वरिष्ठ नेता झलनाथ खनालले अबको एक/दुई दिनमै निर्वाचनको मिति घोषणा नगरे सरकार ढल्ने जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्