Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


चुनावको मिति तोक्ने अधिकार सरकारमै


0
Shares

सोमबार सिंहदबारस्थित समितिको कार्यालयमा बसेको बैठकले निर्वाचनको मिति तोक्ने अधिकार सरकारमै रहने गरी आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको हो ।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा समितिका केही सदस्यले भने फरक मत राखेका छन् ।

आयोगको काम, कर्तव्य र अधिकारका विषयमा उपसमितिमा लामो छलफलपछिसोमबार समितिको बैठकमा उपसमितिले विधेयक पेस गरेको थियो ।

यो विधेयक पारित भएसँगै अब निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकार र राजनीतिक दलहरुमै निहीत रहने भएको छ ।

प्रस्तावमा निर्वाचन आयोगको सम्पर्क मन्त्रालयकोरुपमा गृह मन्त्रालय नै रहने व्यवस्था गरिएको छ ।

बैठकले मतदाता नामावलीसम्बन्धी विधेयकलाई पनि पारित गरेको छ ।