Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


एउटै व्यक्तिले २० ओटा कम्पनीमार्फत् दोस्रो बजारमा कारोबार


0
Shares

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थितिकोबारेमा गरेको प्रारम्भिक अध्ययनले यस्तो पत्ता लगाएको हो ।

बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीमार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीसम्बन्धी विवरण माग गरी गरेको अध्ययनबाट यस्तो पत्ता लागेको बोर्डले जनाएको छ ।

यस अध्ययनबाट बजारमा हाल एक हजारको संख्यामा निजी लगानी कम्पनी रहेको देखिएको बोर्डले जनाएको छ ।

यस्ता अधिकांश कम्पनीको लगानीको उद्देश्य हेर्दा धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नदेखिएतापनि धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको बोर्डले जनाएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका कम्पनी भने तीन सयको हाराहारीमामात्र रहेको प्रारम्भिक अध्ययन रहेको बोर्डले जनाएको छ ।