Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


गुम्बा पुननिर्माणका लागि जुटे कलाकार(भिडियो)


0
Shares

गुम्बा संचालक समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपालका चर्चित तामाङ तथा गैर तामाङ कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजक समितिले जनाएको छ ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवशरमा हुने उक्त कार्यक्रमा राजधानी देखि चर्चित कलाकार हरु ‘हर्के हल्दार’( बिष्णु सापकोटा) ‘खम्बे’को रुपमा परिचित कलाकार इन्द्र दोङ लामा तथा गायक गायिकाहरु अविनाश घिसिङ, बिजय लामा, इन्दिरा गोले गुरुङ, सन्जोग योन्जन, आकाश तामाङका साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ ।

मदानपुरमा हुने पहिलो ऐतिहासिक कार्यक्रम भएकोले पनि यो कार्यक्रम जिल्लाकै बिशेष कार्यक्रम हुने आयोजकहरुले बताएका छन् ।

कार्यक्रम नेपाल सरकारका सम्माननीय परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यमा हुनेछ ।