अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले कमी आएर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्