२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


धनकुटाको बेलहारामा विमानस्थल बनाइने


0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै निर्माणको बाटो खुलेको हो ।

बेलहारामा विमानस्थल निर्माण गर्न गरिएको सर्वेक्षणमा उपयुक्त देखिए पनि मन्त्रालयको सैद्धान्तिक सहमति नहुुँदा निर्माण कार्य रोकिएको थियो ।

प्रधानमन्त्री कार्यालयले विशेष चासो दिएपछि मात्रै नागरिक उड्ययन प्राधिकरणले थप काम अगाडि बढाएको धनकुटाका पूर्वसांसद हेमराज भण्डारीले जानकारी दिए ।