नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णबहादुर बरुवालले सर्वसाधारणलाई कृषितर्फ उत्प्रेरित गर्ने उद्देश्यले बेनीमा होटल र शिख गाउँमा व्यावसायिक गाईपालन र तरकारी खेती गर्दै आएका छन् ।
२०७० साल माघदेखि करिब १० लाख रुपैयाँको लगानीमा शिखमा गाईपालन सुरु गरेका बरुवालले राजनीतिसँगै होटल सञ्चालन र तरकारी खेती गर्दै आएका छन् । उनको फार्ममा अहिले १० वटा गाई छन् । बरुवालले गाईफार्ममा ४ जनालाई रोजगारीसमेत दिएको बताए ।
१० वटा गाईबाट प्रतिदिन करिव ३० लिटर दूध उत्पादन हुने र त्यो दूध हिमालयन चीज उद्योगमा लगेर बिक्री गर्र्दै आएको उनले जानकारी दिए ।
म्याग्दी सदरमुकाम बेनीबजारमा करिव डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन गरिएको होटल शिखरमा आउने पाहुनालाई आग्र्यानिक खाना र तरकारी खुवाउने उद्देश्यले हालै शिख घारमा तरकारी खेतीसमेत सुरु गरिएको उनले जानकारी दिए ।
सबै व्यवसायमा गरी १० जनालाई रोजगारी दिलाएको बरुवालले बताए ।









प्रतिक्रिया दिनुहोस्