यसैगरी, बोनससम्बन्धी विधेयक पनि पारित भएको छ ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संसदको बैठकमा पेस गरेको प्रस्तावका केही सैद्धान्तिक विषयमा उठेका जिज्ञासाको जवाफ दिएपछि पारित गरिएको हो ।
त्यसक्रममा अर्थमन्त्री महराले विधेयकमाथि नसमेटिएका कतिपय विषयवस्तु नियममार्फत् सम्बोधन हुने भन्दै सबै राजनीतिक दलले विधेयकको आवश्यकतालाई स्वीकार गरेको बताए ।
२५ लाखबाट सुरु गर्ने भनिएको आकस्मिक कोषको प्रारम्भिक पुँजी १ करोड रुपैयाँ राख्न विधेयकमा प्रस्ताव गरिएको छ ।
कोष निर्माण गरिएपछि आकस्मिकरुपमा भैपरी आउने भूकम्प, बाढी–पहिरो, आगोलागीलगायत प्राकृतिक प्रकोपको समयमा कोषबाट रकम खर्च गर्न सकिने छ ।
सांसदहरुले कोषमा कम्तीमा १ अर्ब रकम राख्नुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्