Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


फक्सवेगनको साटाफेर मेला, गाडी साट्न सकिने


0
Shares

जर्मनको लोकप्रिय ब्रान्ड फक्सवेगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेसनलले एकहप्ते एक्सचेन्ज ‘कार्निभल’ ल्याएको हो ।

माघ १५ देखि २१ गतेसम्म सन्चालन हुने मेलामा फक्सवेगनका ग्राहकले कम्पनीको आधिकारिक शोरुमबाट आफ्ना पुराना गाडीसँग पोलो, भेन्टो, बीटल र टिगुवान गाडी साट्नसक्ने जनाइएको छ ।

कम्पनीले यस अवधिमा आफ्ना ग्राहकका लागि पुराना गाडीमा उच्चतम् मूल्यांकन, निःशुल्क एक्सेसरिज, फ्रि कारवास, महिलाका लागि निःशुल्क सुरक्षित चालक प्रशिक्षणलगायतका सुविधा उपलब्ध गराउने जनाएकोे छ ।